Media Coverage

हार्मोनियम ट्यूनिङबाटै विश्व प्रसिद्ध भएका नेपाली संगीतविज्ञ , ट्यूनिंग विशेषज्ञ श्री विमल साह

[29/09, 10:24 pm] Bimal music instruments: काठमाडौं– यूथ एशोसिएसन अफ नेपाल (यान) ले एक साताअघि काठमाडौंमा आयोजना गरेको एउटा समारोहमा सांगीतिक क्षेत्रका एक जना प्रतिभा पूर्व उपराष्ट्रपति परमानन्द झाको हातबाट सम्मानित भए । मंसिर १५ गते आयोजना गरिएको उक्त समारोहमा सम्मानित हुने नेपाली सांगीतिक क्षेत्रको एउटा नाम थियो– विमल साह ।
[29/09, 10:24 pm] Bimal music instruments: सर्लाहीको ईश्वरपुर नगरपालिका– १३, श्रीनगरमा जन्मिएका साह पहिलो पटक काठमाडौं आउँदा जम्मा १७ वर्षका थिए । एसएलसी उत्तिर्ण गरेर उच्च शिक्षाको अध्ययनका लागि काठमाडौं आएका उनले प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा प्रविणता प्रमाणपत्र तहको अध्ययन प्रारम्भ गरे । आरआर कलेजमा अध्ययनरत छँदै असनमा रहेको एउटा हार्मोनियम पसलमा काम गर्न थाले । उक्त पसलमा हार्मोनियमको ट्युनिङ गर्न सांगीतिक क्षेत्रका स्थापित तथा लोकप्रिय संगीतकर्मीहरु नियमित आएको उनले नजिकबाट नियालिरहेका रहेका थिए ।

Read & Details more visit : https://www.kalakarmi.com/entertainments/song-music/161919/

Leave a Reply

Your email address will not be published. Required fields are marked *