Media Coverage

बिश्वको प्रख्यात गजल सम्राट गुलाम अलीको हार्मोनियम ट्युनिङ गर्ने : विमल साह

काठमाडौं । संगीतले देशको सीमाना चिन्दैन, र यस्तै सन्देश बोकेर नेपाली भूमिमा जन्मिएका विमल साह आज अन्तर्राष्ट्रिय संगीत क्षेत्रमा चर्चाको शिखरमा पुगेका छन्।



बिश्वको प्रख्यात गजल सम्राट गुलाम अली जस्ता दिग्गज व्यतिका हार्मोनियम ट्युनिङ गर्ने सौभाग्य पाएका विमल साह कुनै बेला सर्लाहीको गाउँबाट राजधानीमा आएर हार्मोनियम मर्मत गर्ने सामान्य प्राविधिक थिए। तर, आज उनी संगीत संसारमा एउटा अभूतपूर्व नाम बनेका छन्।

गुलाम अली जस्ता विश्वप्रसिद्ध गजल सम्राटको हार्मोनियममा सुर भर्ने नेपाली छोरो विमल साह आज नेपाली संगीत–प्रविधि जगतका लागि अमूल्य रत्न हुन्। उनीजस्ता सिपमुलक व्यतिको योगदानले नेपाली प्रतिभाले विश्वसामु चिनिन सक्छ भन्ने प्रमाण मिल्छ। संगीतप्रेमीका लागि विमल साह न केवल एक मर्मतकर्ता, उनी संगीतको सुर साँच्ने सच्चा सिपाही हुन्।

बिमल साह र गुलाम अलीको सम्बन्ध
गजलका बादशाह गुलाम अली जस्त स्थापित गजलकारको लागि हार्मोनियमको सुर सान्दर्भिक मात्र होइन, अनिवार्य हुन्छ। त्यस्तो संगीतकारको हार्मोनियमलाई स्पर्श गर्ने मौका पाउनु नै नेपालीका लागि गर्वको विषय हो। विमल साहले  गुलाम अलीको हार्मोनियमलाई ट्युन गरे,  त्यो ट्युनिङले बिश्वको प्रख्यात गजल सम्राट गुलाम अलीलाई यति सन्तुष्टि दियो कि उनले विमललाई व्यक्तिगत रूपमा  धेरै प्रसंसा  गरेका थिए।

म संगीतको यात्रामा धेरै हार्मोनियम वादक र मर्मतकर्तासँग भेटेँ, तर विमल साहको जस्तै कुशलता  कसैमा भेटिन् ।  अलीले विमलप्रति व्यक्त गरेको प्रशंसा यति गहिरो छ कि आज पनि त्यो विमलको जीवनको स्वर्णिम पल बनेको छ।

Read and visit : https://www.janaakash.com/2025/05/25/42545/?fbclid=IwZXh0bgNhZW0CMTEAAR7AGqX7WOL2Pe_-LQXfzuSB6Bgw9PggdyD0ikGrORjikhItmT41iwzlBymlWg_aem_a1oXjtpzjlF3c6PAvxrrVQ

Leave a Reply

Your email address will not be published. Required fields are marked *