वर्लड बुक अफ रेकर्डस लन्डनमा नाम लेखाउन सफल विमल साहलाई रेडियो निगरानी १०७ मेगाहर्जले सम्मान गर्यो ॥
ह्र्मोनियम डिजिटल टयुनिङ्ग गर्ने वर्लड बुक अफ रेकर्डस लन्डनमा नाम लेखाउन सफल ईश्वरपुर वडा नं. १३ निवासी बिमल साहलाई ईश्वरपुर नगरपालिका वडा नं. ६ मा रहेको रेडियो निगरानी १०७ मेगाहर्जले आज सम्मान गरेको छ । एक कार्यक्रमको आयोजना गरी रेडियोले आफ्नो कार्यालयमा नै सम्मान गरेको छ । सम्मान कार्यक्रममा पत्रकार कृष्ण प्रसाद थपलिया, सोमदियाली तथा रेडियोकर्मीको उपस्ििथति रहेको थियो । बिमल जि लाई सम्मान गर्न पाउँदा खुसी लागेको निगरानी मेडिया नेटवर्क प्रालीका अध्यक्ष अनिता साहले बताएकी छन । उहाँको योग्दान ठुलो भएको, सर्लाही सहित देशैलाई चिनाउने कार्य गरेको हुदाँ रेडियो परिवारले सम्मान गरेको अध्यक्ष साहले जानकारी दिएकी छन । व्यस्त समयको बाबजुद पनि रेडियोलाई समय दिनुभएकोमा साहलाई धन्यवाद समेत मेडिया नेटर्वक प्रालीकी अध्यक्ष साहले दिएकी छन । यसैगरी वर्लड बुक अफ रेकर्डस लन्डनमा नाम लेखाउन सफल साहलाई पत्रकार थपलिया र सोम दियालीले समेत सम्मान गरेका छन् ।
Read &visit more: https://www.facebook.com/61558347577204/posts/pfbid0zAvzaieq3TKXnoC8Sh7a2Tfxoha5y7H7h875mjCK3JBN6sgVPVxseKuk3MaXDa6Xl/?app=fbl