Media Coverage

हारमोनियमको हीरो विमलको विस्वकीर्तिमान

धनुषा – मधेशका एक युवा विमलको नामको चर्चा अब गाउँमा मात्र होइन विस्व स्तर मैं हुंदै छ । कुनै बेला सर्लाहीको एक गाउ इस्वरपुरबाट २०७२ शालमा काठमाण्डु कामको लागि पुगेका विमल साह पशुपति छेउमा हारमोनियम सफा गर्ने गर्थे । ऊनि हारमोनियममा पेच कस्ने गर्थे र त्यातीबेला कसैले कल्पना सम्म गरेको थिएन कि विमल डॉक्टरको उपाधि पाउछन र विस्वकार्तिमान गर्छन भनेर । आफ्नो लगन र मेहनत कार्यप्रतिको एकाग्रताको कारण नै आज विमल हार्माेनियममा डिजिटल ट्युनिङ गर्दै विश्व किर्तिमान रच्न सफल हुनुभएको छ । वी. सं. २०४६ शालमा बुवा सत्यनारायण साह र माता राधिकादेवी साहका सन्तानका रुपमा जन्मिनुभएका विमल भारत , चीन , मलेसिया स्ट्रेलिया लगायक देशको समेत भ्रमण गरि सक्नु भएको छ ।

हारमोनियममा वर्ल्ड बुक अफ रेकर्ड बनाउने विमल पहिलो व्यक्ति बेनका छन। विमलको अहिले चौतर्फी चर्चा भइरहेको छ । कलाकारहरुलाई नेपालमा अहिले हरमुनियम बिग्रदा सम्झिने पहिलो व्यक्ति विमल नै हुन। उहाँलाई हरमुनियमको डाक्टरको रुपमा पनि चिनिन्छ । गायन क्षेत्रका हस्तीहरुको पहिलो रोजाई नै विमल बनेका छन। नेपाल चर्चित संगीतकार शम्भुजीत बाँस्कोटा देखी गायक संगीतकार दीप श्रेष्ठ, कुन्ती मोक्तान, टीका भण्डारी, रामकृष्ण ढकाल, मनोजराज, सन्तोष श्रेष्ठ, शिव परियार, राजेश पायल राई, अन्जु पन्त, प्रमोद खरेल, विश्व नेपाली, राज सिग्देललगायत नेपाल मा चर्चित गायक गायिकाले विमलबाट हार्माेनियममा ट्युनिङ गराई सकेका छन ।

संगित प्रशिक्षणमा नेपालमै सर्वाधिक चर्चित चन्दनकुमार श्रेष्ठ, गुरुदेव कामत, चण्डीप्रसाद काफ्लेले समेत उनीसँग हार्मोनिङ ट्युनिङ गराउँदै आइरहे छन । भारतीय कलाकारहरु उदितनारायण, दीपानारायण, सोनु निगम, कुमार सानु र अनु मलिक सहितका व्यक्तिहरु पनि आफ्नो हारमोनीयम ट्युनिङ गरिदिएको अनुभव सुनाउदै विमलले भने , आफ्नो काम ईमानदारी र लगन साथ गरेर यहांसम्म पुगेको छू । विमल अगाडि भने, ‘सबैले माया गर्नुभएको छ , विस्वाश गर्नु भएको छ । ‘

उनले भोजपुरीका चर्चित गायक तथा अभिनेता पवन सिंह, दिनेशलाल यादव, अवधेश प्रेमी लगायतका हार्मोनियमसमेत मर्मत गराइसक्नु भएको वृतान्त सुनाए ।विमल वल्र्ड बुक अफ रेक्डर्स, लन्डनद्वारा हार्मोनियमको डिजिटल टयुनिङ्ग गर्ने संसारकै पहिलो व्यक्तिको रुपमा सम्मानित हुनुभएको छ ।

उहाँ वल्र्ड रेकर्डमा दर्ज गराई सकेपछि अहिले उहाँलाई नेपालमा विभिन्न संघ संस्था तथा दलहरुले सम्मान गरिरहेका छन् । उहाँले नेपालमा हार्मोनियमको क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आउनु भएको छ । उहाँको आफ्नै विमल नामको हार्मोनियम ब्रान्ड समेत छ ।

मेहनत गरे सबै सम्भव छ र व्यक्तिलाई महान बनाउछ भन्ने चरितार्थ गर्ने विमल काठमाण्डौंमा एउटा सानो हार्मोनियम मर्मत पसल खोल्नु भएको थियो । २०७३ मा ३० हजार लगानीमा पशुपतीनाथको नामबाट हारमुनियम बिक्रि तथा मर्मत पसल खोल्नु भएका विमलसँग हाल हारमुनियम बनाउन कम्तिमा एक महिना पर्खिनुपर्ने हुन्छ । हार्माेनियम सुनेर सुर, बेसुर छुट्याउँने र सुर लगाउने काम समेत गर्दै आउनुभएको थियो ।

Read more : https://www.facebook.com/kantipur4k

Leave a Reply

Your email address will not be published. Required fields are marked *