Media Coverage

हार्मोनियमबाट नेपाललाई विश्वमाझ चिनाएका विमल

[30/09, 5:40 am] Bimal music instruments: भनिन्छ, मिहेनतले मान्छेलाई महान बनाउँछ । कुनै पनि काम प्रतिको लगाव अनि निरन्तरताले व्यक्तिलाई एकदिन सफलताको हकदार बनाउँछ । त्यसको उदाहरण हुन्, सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ श्रीनगर निवासी विमल शाह । जसले हार्मोनियममा वर्ल्ड बुक अफ रेकर्ड बनाएका छन् । नेपालमा हार्मोनियमको क्षेत्रमा विगत लामो समय देखी काम गर्दै आएका उनी वल्र्ड बुक अफ रेक्डर्स, लन्डनद्धारा हार्मोनियमको डिजिटल टयुनिङ्ग गर्ने संसारकै पहिलो व्यक्तिको रुपमा सम्मानित भएका हुन् । हार्मोनियममा वर्ल्ड बुक अफ रेकड बनाएपछि शाहको जताततै चर्चा चलिरहेको छ । यति बेला उनलाई सम्मान गर्ने तथा बधाइ दिने व्यक्तिहरुको ओइरो लागेको छ । साहलाई विभिन्न व्यक्ति तथा ठाउँहरुमा सम्मान गर्न निम्तयाउने गरेको भए पनि उनी सँग भने अहिले समय अभाव रहेको उनी बताउँछन् । उनी भन्छन् – ‘मेरो जन्मथलो जाने प्रवल इच्छा भएपनि समय अभावले जान सकेको छैन।’ गाउँवासीले बोलाएपनि आफु समय अभावले जान नपाएको र छिटै समय मिलाएर गाउँ जाने उनले बताए ।
[30/09, 5:41 am] Bimal music instruments: वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनले बिमल साहलाई संसारकै पहिलो हार्मोनियम डिजिटल ट्युनिङ विशेषज्ञको रुपमा सम्मानित गरेपछि उनको नेपाल र मधेशको नाम अन्तर्राष्ट्रिय मञ्चमा उचो बनाएका छन्। उनलाई आजपा अध्यक्ष प्रभु साह, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत लगायतका विशिष्ट व्यक्तिहरूले सम्मान गर्दै बधाई समेत दिइसकेका छन । हार्मोनियमको डिजिटल टयुनिङ्ग गर्ने संसारकै पहिलो व्यक्तिको रुपमा सम्मानित भएपछि उनी भन्छन्, कुनै पनि काम गर्दा ध्यान दिएर, धैर्यता र विश्वासका साथ गर्नुपर्छ

Reed and visit : https://www.facebook.com/100064758516503/posts/pfbid0m6o3iZeGTfwcm57NMVG3KNRKA4xu4M6gWdQFo3tinGVrrgiLuave7rVSxsj23EHvl/?app=fbl

Leave a Reply

Your email address will not be published. Required fields are marked *