Media Coverage

हार्मोनियम ट्यूनिंग बाट नेपाललाई विश्वमाझ चिनाएका विमल साह – विश्वा को पहिलो भएको छ US Khabar

uskhabar

भनिन्छ, मिहेनतले मान्छेलाई महान बनाउँछ । कुनै पनि काम प्रतिको लगाव अनि निरन्तरताले व्यक्तिलाई एकदिन सफलताको हकदार बनाउँछ । त्यसको उदाहरण हुन्, सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ श्रीनगर निवासी विमल शाह । जसले हार्मोनियममा वर्ल्ड बुक अफ रेकर्ड बनाएका छन् । नेपालमा हार्मोनियमको क्षेत्रमा विगत लामो समय देखी काम गर्दै आएका उनी वल्र्ड बुक अफ रेक्डर्स, लन्डनद्धारा हार्मोनियमको डिजिटल टयुनिङ्ग गर्ने संसारकै पहिलो व्यक्तिको रुपमा सम्मानित भएका हुन् । हार्मोनियममा वर्ल्ड बुक अफ रेकड बनाएपछि शाहको जताततै चर्चा चलिरहेको छ । यति बेला उनलाई सम्मान गर्ने तथा बधाइ दिने व्यक्तिहरुको ओइरो लागेको छ । साहलाई विभिन्न व्यक्ति तथा ठाउँहरुमा सम्मान गर्न निम्तयाउने गरेको भए पनि उनी सँग भने अहिले समय अभाव रहेको उनी बताउँछन् । उनी भन्छन् – ‘मेरो जन्मथलो जाने प्रवल इच्छा भएपनि समय अभावले जान सकेको छैन।’ गाउँवासीले बोलाएपनि आफु समय अभावले जान नपाएको र छिटै समय मिलाएर गाउँ जाने उनले बताए

Read &visit more : https://www.facebook.com/100064758516503/posts/pfbid0kve3RRNXeJ1LEH1rpegejbsDr76vTpNiSLf47WjPhmPTHjmhnyUQRsZPQusvDS2Ml/?app=fbl

Leave a Reply

Your email address will not be published. Required fields are marked *