[06/10, 8:08 pm] Bimal music instruments: हार्मोनियम ट्यूनिङबाटै विश्व प्रसिद्ध भएका नेपाली संगीतकर्मी
काठमाडौं– यूथ एशोसिएसन अफ नेपाल (यान) ले एक साताअघि काठमाडौंमा आयोजना गरेको एउटा समारोहमा सांगीतिक क्षेत्रका एक जना प्रतिभा पूर्व उपराष्ट्रपति परमानन्द झाको हातबाट सम्मानित भए । मंसिर १५ गते आयोजना गरिएको उक्त समारोहमा सम्मानित हुने नेपाली सांगीतिक क्षेत्रको एउटा नाम थियो– विमल साह ।
[06/10, 8:09 pm] Bimal music instruments: विमल साह गायक, संगीतकार अथवा गीतकार होइनन्, यद्यपि उनले हालसम्म दर्जनौं सम्मान ग्रहण गरिसकेका छन् । विश्व प्रसिद्ध वर्ल्ड बुक अफ रेकर्ड्स लण्डनद्वारा समेत सम्मानित भएका यी संगीतकर्मी वास्तवमै सम्मानको लायक छन् । नेपाली संगीतकर्मीमाझसमेत उत्तिकै लोकप्रिय विमल साह तिनै संगीतकर्मी हुन्, जसले हार्मोनियमको डिजिटल ट्यूनिङ गर्ने विश्वकै पहिलो व्यक्तिको रुपमा कीर्तिमान कायम गरेका छन्
Read & visit: https://www.kalakarmi.com/entertainments/song-music/161919/